
काठमाडौं।‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीकहाँ पुगेका छन्।
गुरुङ काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएर पुगेका थिए। तर प्रहरीले जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि जाँचबुझ आयोगले काम गरिरहेको भन्दै प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको स्रोतले जनाएको छ।
जाहेरी दर्ता हुन अस्वीकार भएपछि गुरुङ जंगिँदै परिसरबाट फर्किएको स्रोतको भनाइ छ।
गुरुङले आजै दिउँसो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने मागसहित अभियान सुरु गरेका थिए।



