काठमाडौँ । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ ।
यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।
प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।
उक्त खण्डको तुइन खोला क्षेत्रमा शनिबार आएको पहिरो हटाउन थालेसँगै एकतर्फी यातायात सञ्चालन गरिएको सड्क विभागले जनाएको छ ।
उक्त खण्डमा पहिरो हटाउने काम चलिरहेको हुँदा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेको विभागका प्रवक्ता प्रभात कुमार झाले जानकारी दिएका छन् । उनका अनुसार तीनवटा भारी उपकरणहरूले पहिरो हटाउन सक्रिय रूपमा काम गरिरहेका छन् र चाँडै नै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना छ ।
सडकको अन्य सबै खण्डहरू खुला रहेको उनले जनाए । यात्रीहरूलाई तुइन खोला नजिक सतर्क रहन र ट्राफिक निर्देशनहरू पालन गर्न अनुरोध गरिएको छ ।
