
काठमाडौं।दशैँको टीकाको दोस्रो दिन पनि मान्यजनबाट टीका–जमरा ग्रहण गरिँदैछ ।
विभिन्न कारणले टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर टीका थाप्ने र आशीर्वाद लिने चलन रहिआएको छ।
देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।





