यमक वर्ग
११. असारे सारमतिनो सारे चासारदस्सिनो ।
ते सारं नाधिगच्छन्ति मिच्छासङ्कप्पगोचरा ।।
–जो असार वस्तुमा सार देख्छन्, सारयुक्त वस्तुमा असार देख्छन्, मिथ्या संकल्प पछ्याउने यस्ता मानिसहरुले सार प्राप्त गर्न सक्दैनन् ।
१२. सारं च सारतो ञत्वा असारं च असारतो ।
ते सारं अधिगच्छन्ति सम्मासंकप्पगोचरा ।।
-जसले सारलाई सार भनेर बुझ्छन् र असारलाई असार नै भनेर पहिचान गर्छन् ती सम्यक् संकल्पयुक्त मानिसहरूले सार प्राप्त गर्दछन् ।
प्रस्तुति – डा नेत्र आचार्य