
काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक यही असोज २७-२९ गतेसम्म बस्ने भएको छ ।
आइतबार बसेको सचिवालयको बैठकका निर्णयबारे जानकारी दिँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको केन्द्रीय कमिटीको दशौं बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने जानकारी दिए ।
भदौ २३ र २४ गतेको घटना, त्यसपछि बनेको सरकार, प्रतिनिधिसभा विघटन, सरकारका क्रियाकलापसहितका विषयमा छलफल गर्न एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।
त्यस अघि असोज १९ र २० एमालेले सचिवालयको बैठक बोलाएको छ ।


