
काठमाडौँ ।काठमाडौं महानगरले ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहर अलगै संकलन गर्न आग्रह गरेको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहर सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुऱ्याउन नमिल्ने हुनाले फोहर संकलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग नमिसाउन आग्रह गरेको हो ।
साथै महानगरले उक्त फोहोरको ब्यवस्थापन गर्ने भन्दै यी फोहरहरूलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राखिदिन अनुरोध गरेको छ ।







