नेपालगञ्ज। बाँकेको नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहबाट कैदी बन्दी भागेका छन् ।
कारागारमा रहेका ५ सय ८५ मध्ये १ सय ४९ जना, त्यही रहेको बालसुधार गृहमा रहेका १ सय ७६ मध्ये ७६ जना भागेको बुझिएको छ ।
कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु भएको सुरक्षास्रोतले बताएको छ ।
प्रहरीको कारबाहीमा ७ जना घाइते भएको, उनीहरुलाई भेरी अस्पतालमा उपचारका लागि ल्याएको र त्यसमा ५ जनाको मृत्यु भएको छ ।
