
काठमाडौं । वुमन एसिया कप क्रिकेटमा नेपालप्रतिद्धन्दी टीम पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।
हिलो खेलमा यूएईलाई हराएको नेपालले आइतबार पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको थियो । दाम्बुलामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो । नेपालका लागि कविता जोशीले अविजित ३१ रन बनाइन् भने सीता राना मगरले २६ र पूजा महतोले २५ रन बनाइन् ।
१०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले गुल फिरोजको अर्धशतकको मदतमा मात्र ११।५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो ।
समूह एमा भारत ४ अंकका सात शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको पाकिस्तान र तेस्रो स्थानमा रहेको नेपालको समान २–२ अंक छ ।

