
काठमाडौं, भदौ ६ गते । नेपाली भेट्रान खेलाडीले प्रथम ठोडो मास्टर्स टेबलटेनिस प्रतियोगितामा २ पदक जितेका छन् । माल्दिभ्समा जारी प्रतियोगितामा नेपालले समान १–१ रजत र कांस्य जितेको माल्दिभ्समा रहेका टेबलटेनिसका पूर्व मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । पुरुष सिंगल्स ४० वर्षमाथि नेपालका सुरज वज्राचार्यले रजत जिते । सुरज फाइनलमा रुसका जियोर्गी भाख्निन्संग ३–० को सोझो सेटमा पराजित भए । ६० वर्षमाथि पुरुष सिंगल्समा सुरेन्द्रप्रसाद ढकालले कांस्य हात पारे । सेमिफाइनलमा भारतका नाज्मी किन्खाब्वालाले सुरेन्द्रलाई ३–१ ले हराए ।
नेपालबाट प्रतियोगितामा ६ खेलाडी सहभागी छन् । पूर्व मुख्य प्रशिक्षक कपालीका अनुसार प्रतियोगितामा १७ राष्ट्रका ३ सय ३० खेलाडी सहभागी छन् ।




