
काठमाडौ ।आफ्नै शब्द र स्वरमा चर्चित काँठे लोकदोहोरी गायक राजेश ढकालले ४० कटेनी गीत एल्बम लिएर नेपाली दर्शक श्रोतासामु आएका छन् ।
विष्णु तामाँगको संगीत संयोजन रहेको प्रस्तुत गीतमा सरु गौतम र प्रतिमा अर्यालले आवाजमा ढकाललाई साथ दिएका छन् । गीतको भिडियोमा राम महत,प्रतिमा अर्याल,सरु गौतम,राजाराम कोइराला,कल्पना परियार,हरि भण्डारी सहित स्वयं ढकालले अभिनय गरेका छन् भने मिलन श्रेष्ठको निर्देशनमा भिडियो बनेको छ । यसमा दुख,सुखका भावहरु पोखिएको छ ।
भर्खरै असार १५ को काँठे मौलिक लोकदोहोरीको चर्चा सेलाउन नपाउँदै फेरी अर्काे सृजनाले नेपाली काँठेभाकामा उनी आएका हुन् । काभ्रेपलाञ्चोकका ढकाल विगत दुई दशकदेखि नेपाली लोकदोहोरीमा सक्रिय साधक हुन् ।
उनका रातो साडी पान बुट्टे चोली,हे बैगुनी,दुईखोली दोभान,घरमाइत,नाचिदेउ छमछमी जस्ता दर्जनौं गीत चर्चित छन् । विभिन्न सञ्चार माध्यममा समेत उनले साँगितिक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् ।






