
काठमाडौं।इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्पूर्ण गजाको नियन्त्रण इसराइलले लिने बताएका छन्।
बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहूले गजाको सम्पूर्ण भूभाग नियन्त्रण लिइने र त्यसको योजना बनिरहेको बताएका हुन्।
‘हामी गजालाई सम्पूर्ण रूपमा नियन्त्रणमा लिन चाहन्छौं,’उनले भने।
नेतन्याहूले गजामा शासन नगर्ने तर सैन्य नियन्त्रण कायम राख्ने उद्धेश्य रहेको प्रष्ट पारेका छन्।
उनले भने-‘गजामा शासन नै गर्न भने हामी चाहँदैनौं। केबल सुरक्षा घेराबन्दी इसराइली नियन्त्रणमा होस् भन्ने हो। त्यहाँको शासन अरब शक्तिहरूले सम्हालुन् ।’
तर कुन देशले शासन गर्ने भन्नेबारे चाहिँ खुलाएनन्।
‘तर त्यस्तो अरब शक्तिलाई हस्तान्तरण गर्न चाहन्छौं जसले हामीलाई धम्की नदिई गजाका जनतालाई राम्रो जीवन दिन सकोस्।;
इसराइलको सुरक्षा मन्त्रिपरिषद्ले सम्पूर्ण गजाको सैन्य नियन्त्रण लिने योजना यसअघिदेखि नै बनिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।




