
चितवन। भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये अहिलेसम्म १७ शव फेला परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालकाअनुसार विभिन्न ठाउँमा भेटिएका १७ मध्ये नौ वटा शवको पहिचान खुलेको छ । सशस्त्र प्रहरी बल नेपालका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाँकी यात्रु र बसको खोजी निरन्तर भैरहेको छ ।
वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा .प्र.३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना र काठमाडौँबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ जना गरी जम्मा ६५ यात्रु बससँगै त्रिशूलीमा खसेका थिए।
शवको पहिचान खुलेको भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमितकुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदीप बिक, रौतहटका फिरोज राहुपमिया, बराका परमानन्द पण्डित र चन्द्रनिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको र अन्य छ वटा पुरुष र दुई महिलाको शव रहेको प्रहरीले बताएको छ ।




