
काठमाडौँ । पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सदस्यता कसैले खान नसक्ने नसक्ने बताएकी छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै भण्डारीले आफु एमालेको परिवारमा आवद्ध भइसकेको बताउदै केहि मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा निर्णय गर्न नहुने बताएकी हुन् ।
उनले भनिन्- मैले पार्टी सदस्यता नवीकरण विधिपूर्वक गरेको छु, केहि मुठ्ठीभर व्यक्तिले हुलहुज्जत गरेरको भरमा, आफ्नो उत्तेजनामा आएर गर्न मिल्दैन, पार्टी प्रणालीमा चल्छ, कसलाई के गर्न मन लग्यो, त्यो हुदैन ।
उनले आफुले पार्टी सदस्यता लिएको ४५ बर्ष भएको बताउदै मदन भण्डारीले आफुलाई पार्टी सदस्यताको शपथ खुवाएको बताइन । उनले अगाडी भनिन्- ‘म एमालेको पार्टी जीवनमा आवद्ध भए, म अहिले पनि एमालेको परिवारमा आवद्ध छु भनेर स्पष्ट गर्न आज आएको हो । मदन भण्डारीको बहुदलीय जनवादको भावना अनुसार निर्णय गर्नुपर्छ ।’
साथै उनले पार्टीको विचार र सिद्धान्तप्रति प्रतिबद्ध हुदा हुदै आफुलाई पार्टीको सदस्यता हुनबाट बन्चित गराउन कदापि नमिल्ने बताइन् । उनले संबिधानले दिएको अधिकार विपरित पार्टीले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णय गरेकोप्रति आफुलाई दुख लागेको भन्दै भण्डारीले सबै एमालेका कार्यकर्तालाई नडराएर सत्यको पक्षमा लाग्न आव्हान समेत गरेकी छन् ।एभरेष्ट न्यूज एजेन्सी,