
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ ।
एमाले स्रोतका अनुसार अनुसार एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् ।

पृथ्वीसुब्बा गुरुङलाई सरकारको सुचना तथा सञ्चार मन्त्रालय सहित सरकारको प्रवक्ता तोक्ने गरी सरकारमा पठाउने एमालेको तयारी छ ।राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।त्यस्तै शिक्षा मन्त्रीमा विद्या भट्टराई तथा रक्षा मन्त्रालय मानवीर राईले सम्हाल्ने बताइएको छ ।
एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।उद्योगमन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था सहकारीमा बलराम अधिकारी दोहोरिँने पनि बताइएको छ ।




