काठमाडौं।प्रेस काउन्सिल, नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।
अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।
श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिव हुन् । प्रेस काउन्सिल, नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।
काठमाडौं । प्रेस काउन्सिल, नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन भएका छन् ।
अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठ विश्व प्रेस काउन्सिलको निवर्तमान महासचिवसमेत हुन् ।
काउन्सिलको आगामी तीन वर्षका लागि सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन भएको हो ।
काउन्सिल अध्यक्षमा डेभिड ओम्ओयो (केन्या)र अर्का उपाध्यक्षमा अली हान्सेर्ली (साइप्रस) निर्वाचित भएका छन् । तान्जानियाका अर्नेस्ट साम्सोन सुङ्गुरा महासचिवको जिम्मेवारीमा आउँदा टर्कीका तामेर अताबारुत कोषाध्यक्ष भएका छन् ।
सम्मेलनमा नेपालसहित २७ राष्ट्रका प्रतिनिधिको सहभागिता छ ।