
जनकपूर । मधेस प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो।
बैठकले सुक्खाग्रस्त क्षेत्र घोषित मधेस प्रदेशका किसानलाई लक्षित गरी विशेष राहत प्याकेज ल्याउन सङ्घीय सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।
साथै बैठकले कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई सहयोगका लागि आह्वान गरेको छ।


