काठमाडौं । यहि आउँदो असार २०–२२ गते (जुलाई ४–६) विश्व प्रसिद्ध बौद्ध गुरु मिङ्ग्युर रिन्पोछेद्वारा ‘भ्रमबाट पर , मुक्तिका लागि चार महत्त्वपूर्ण शिक्षा’ विषयमा अनलाइन शिक्षण हुने भएको छ ।
जर्मनीबाट अनलाइन माध्यममा हुने उक्त शिक्षण नेपाली समय अनुसार २० गते (शुक्रबार) बेलुका ७ः४५ देखि तीन घण्टा सञ्चालन हुनेछ भने २१ गते र २२ गते (बिहान ७ः४५ देखि राती १०ः४५ बजेसम्म)चल्नेछ ।
उक्त समयभित्र शिक्षण, सामूहिक अभ्यास, स्व–अभ्यास तथा प्रश्नोत्तर श्रृंखलाहरु हुनेछन् ।कार्यक्रम सम्बन्धी तेरगारको वेबसाइटमा प्रकाशित सूचनामा भनिएको छ, ‘आफ्नो ठोसपन र अलग व्यक्तित्वको भ्रान्तिबाट पर गई संसार र त्यसमा आफ्नो स्थानको बुझाईलाई गहिर्याउन यो शिक्षण सहयोगी हुनेछ ।’
यसमा मुल बौद्ध सिद्धान्तमा आधारित भई गराइने अभ्यासद्वारा हरेक व्यक्तिलाई अनुभवका माध्यमबाट आफैंभित्रको स्पष्टता र दृष्टि पहिचान गराई जीवनका उतार चढावलाई सहज रुपमा सम्हाल्न मद्दत गर्ने उल्लेख छ । कार्यक्रममा जोडिनका लागि https://events.tergar.org/events/detail/beyond-illusion-four-essential-teachings-for-liberation-NDY1