
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नै निर्वाचन क्षेत्रको जिम्मेवारी दिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलमा फर्काउने निर्णय गरेको छ ।
गत वर्ष एमालेले केन्द्रीय सदस्यहरुलाई आफ्नो भूगोल भन्दा बाहिर जिम्मेवारी दिएकोमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अब केन्द्रीय सदस्यहरुलाई आफ्नै भूगोलमा फर्काइनेछ र सबैभन्दा तल्लो इकाइका रुपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जिम्मेवारी दिइने पनि उनले बताए । ज्ञवालीका अनुसार आगामी बैठकले कार्यविभाजन गर्नेछ ।



