काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक राजनीतिमा फर्किएको घोषणा गरेकी छन्।
मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन्।
त्यसका लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको पनि भण्डारीले बताइन्।
‘पार्टी सदस्यता नवीकरण गरेको छु। एमालेको एक सदस्यको रूपमा पुन जोडिएको छु’ उनले भने।
पार्टीमा फर्केपछि आफ्नो विशिष्ट आकांक्षा नभएको पनि उनले बताइन्।
पार्टी जिम्मेवारीमा फर्किएको घोषणाअघि भण्डारीले आफू राष्ट्रपतिबाट बाहिरिएको दुई वर्षको अन्तरालमा आफूले मैले देशका विभिन्न भागमा पुगेर मुलुकको सामाजिक–आर्थिक विकासका बारेमा जनतासँग अन्तक्रिया र आफ्नै निवासमा पनि विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञसँग भेटघाट गरेको उनले बताइन्।
भण्डारीले- ‘सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने मेरो निष्कर्ष छ।’
पार्टी राजनीतिमा फर्किएको घोषणा गर्दै गर्दा उनले मदन भण्डारीको भनाई उच्चारण -‘जनता भनेका भगवान हुन् । राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु।’ उनले भनिन्।
राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएको पूर्व राष्ट्रपति भण्डारीले बताइन् ।