
काठमाडौं। अन्तर्राष्ट्रिय हाप्किडो प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय खेलाडी टोली आइतबार किर्गिस्तान प्रस्थान गरेको छ ।
असार १० र ११ गते हुने प्रतियोगितामा समिर गुरुङ, राजेन्द्र तामाङ र सरोज गुरुङले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रतियोगिता किर्गिस्तान हाप्किडो महासंघको आयोजनामा हुन लागेको नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

