
काठमाडौं।ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बुधबार बैठक हुन लागेको हो।
बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने भएको सचिवालयले जानकारी दिएको छ ।
