
काठमाडौं ।काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्।
पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेको महानगर स्रोत बताउँछ ।अब पाण्डेलाई जिम्मेवारीबाटै हटाउन प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिका बैठकमा सिफारिस गर्नुपर्छ ।



