
काठमाडौ पूर्वी नेपालको हक्की विकासमा नयाँ आयाम थप्दै भद्रपुर नगरमा आज भद्रपुर नगर हक्की संघको तदर्थ समिति औपचारिक रूपमा गठन गरिएको छ। सो अवसरमा राष्ट्रिय खेलाडी तथा वरिष्ठ प्रशिक्षकहरूलाई सम्मान गरियो भने हक्की खेल सम्बन्धी ज्ञानवद्र्धक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भयो।
कार्यक्रमको अध्यक्षता झापा जिल्ला हक्की संघका अध्यक्ष श्री मनोज बुढाथोकीले गर्नुभएको थियो भने प्रमुख अतिथि झापा जिल्ला खेलकुद संघका अध्यक्ष श्री भेषराज भन्डारी हुनुहुन्थ्यो। कार्यक्रममा वडा न ९ का अध्यक्ष राम दाहाल ८ न वडाका अध्यक्ष गौरव सुब्बा (मनोज) लगायत स्थानीय जनप्रतिनिधि, खेलकुद अधिकारी, शिक्षक, खेलाडी, अभिभावक र पत्रकारहरूको उपस्थिती उल्लेखनीय थियो।
नवगठित तदर्थ समितिको संरचना, अध्यक्षः श्री दिपक खतीवडा, उपाध्यक्षः श्री युवराज ढकाल, सचिवः श्री खगेन्द्र ढुंगाना, कोषाध्यक्षः श्रीमती शाकुन्तला चौधरी, सदस्यहरूः श्री रविन सुनुवार, श्री सुनिता चौधरी, श्री भीम चौधरी, श्री मणि कुमार शर्मा, श्री गङ्गा थापा ।






