
काठमाडौं। गृहमन्त्री रमेश लेखकले सुरक्षा समिति बैठक बोलाएका छन्।
मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी जेठ १५ गते हुने राजावादीको प्रदर्शनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुन लागेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।
बैठक अहिले साँझ बस्दैछ।
उक्त बैठकमा प्रहरी महानिरीक्षक,सशस्त्र प्रहरी बलका महानिरीक्षक,राष्ट्रिय अनुसन्धान विभागका महानिरीक्षक,सम्बन्धित क्षेत्रका सुरक्षा प्रमुखहरू उपस्थित हुनेछन्।
