
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु बैठकमा पार्टी सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै थुनामुक्त नगरेपछि पार्टीको भावी रणनीति तय गर्न बैठक बस्न लागेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार गृहमन्त्री लेखकको विवादास्पद छविको सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ ।यसका साथै पार्टीको आगामी कार्यदिशाको बारेमा पनि छलफल हुने बताइएकोछ ।



