
काठमाडौं।नेपाल स्रष्टा समाजले ‘स्रष्टा दर्पण’ सार्वजनिक गरेको छ ।
अर्धवार्षिक रुपमा प्रकाशन गरिदै आएको ‘स्रष्टा दर्पण’को वर्ष १९,पूर्णाङ्क ३२ सार्वजनिक गरिएको हो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,संरक्षक पवन आलोक लगायतले ‘स्रष्टा दर्पण’को नयाँ अङ्क बिहिवार सार्वजनिक गरे ।
यसमा २४ जना विभिन्न कविहरुका कविता,१० जना निबन्धकारहरुका निबन्ध,७ वटा नियात्रा,कथा- १,लघुकथा- ३,नाटक -१,गीत -२,रचनागर्भ- १,संस्मरण- १,लेख -३ तथा ३ मुक्तककारका मुक्तकहरु समावेश गरिएको छ ।
यसैगरी यसभित्र वरिष्ठ संस्कृतिविद् हरिराम जोशीको महत्वपूर्ण अन्तवार्ता राखिएको छ।
नेपाल स्रष्टा समाजका नियमित गतिविधिहरुको संक्षिप्त जानकारी,समाजले प्रदान गर्ने पुरस्कारहरुको परिचय समेत समावेश छ ।
‘स्रष्टा दर्पण’का प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ हुन् ।
कार्यकारी सम्पादकको जिम्मेवारी डा.शान्तिमाया गिरीको रहेको छ ।





