
काठमाडौं । वामपन्थी नेता तथा प्रगतिशिल साहित्यकार प्रदीप नेपालको अन्त्यष्टि कार्य सुरु भएको छ ।
उनको पार्थिव शरीरमा एमाले उपाध्यक्ष समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आजै नर्भिक अस्पतालमा निधन भएका स्व.नेपालले आफ्नो मृत्युपछि पार्टीको झण्डा नओढाउनू भनेको भन्दै घरपरिवारले नमानेपछि उनलाई श्रद्धाञ्जलीका लागि एमालेको कार्यालय च्यासलमा नलगिएको हो ।
को अर्डिनेशन केन्द्र बनाएर उनीहरूले थालेको अभियान कालान्तरमा नेकपा माले हुँदै एमाले बन्यो ।यसको नेतृत्वमा विभिन्न जिम्मेवारीमा रहेका नेपाल पछिल्लो समय स्वास्थ्यले साथ नदिएपछि राजनीतिमा सक्रिय थिएनन् । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत र पछि शिक्षामन्त्री समेत बनेका थिए ।
लामो समय नेपालको वामपन्थी आन्दोलनमा क्रियाशिल नेपाल चर्चित प्रगतिशिल साहित्यकार पनि हुन् । संजय थापाको नामले चर्चित उनका देउमाईको किनारमा,सूर्जेमानको वाल्यकाल,सूर्जेमानको जेलयात्रा,खुइते कडेरिया,पार्टीकी आमा,मुक्ति,बुंगलाका साँझहरु,पूर्वतिर,आकाश गंगाको तिरैतिर,मुक्त आकाशको खोजीमा जस्ता चार दर्जन जति कृतिहरु प्रकाशित छन् । एमाले महासचिव मदन भण्डारीबारे नेपालले ‘बर्बरिक’ उपन्यास लेखेका छन् ।




