काठमाडौं । सरकारले वैशाख १९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा छलफल हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।
नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र राष्ट्रपतिको सम्बोधनमाथि छलफल गर्ने बैठकको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।




