नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा.कार्की नियुक्त
काठमाडौं ।नेपाल विश्वविद्यालयको उपकुलपतिमा वरिष्ठ चिकित्सक एवं पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उप–कुलपति डा। अर्जुन कार्की नियुक्त भएका छन् ।
नेपाल विश्वविद्यालय ऐन, २०८१ बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा नेपाल विश्वविद्यालयको संरक्षक परिषद् (बोर्ड अफ ट्रष्टी) ले उनलाई उपकुलपति नियुक्त गरेको हो ।
यसैगरी रजिष्ट्रारमा सार्वजनिक नीति तथा पूर्वाधार विकास विज्ञ डा.सूर्यराज आचार्य नियुक्त भएका छन् ।




