karuna charcha
धूलिखेल। राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श धुलिखेलमा सम्पन्न भएको छ ।
धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा जिल्ला तथा छिमेकी जिल्लाका विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गरेका थिए ।
लेखक राधिका शाक्यले अनुभुति प्रस्तुत गरेकी थिईन् । पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको बताईएको छ ।
आममानव र विशेषगरी नेपालीहरुको जीवन, संघर्ष र करुणाको प्रतिबिम्ब हुन् । पुस्तकमा राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित संग्रहित छन् । पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ ।

लैंगिक दृष्टिकोणबाट नेपाली समाजको दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको छ । नेपाली समाजमा आज पनि नेपालीहरुको दुःख र अभावको कथा छ । पुस्तकमा राधिका शाक्यको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी ओलीको जस्तो त्याग, वलिदान, देश र जनताको सेवामा जुनसुकै त्याग र वलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार करुणा रहेको टिप्पणी उनीहरुले
पाणिनि बुक्सद्वारा आयोजित कार्यक्रमको ब्यवस्थापन धुलिखेल नगर प्रमुख एवं एमाले नेता अशोक ब्याञ्जुले गरेका थिए । उनले आफ्नो कविता मार्फत करुणाको अर्थ लगाएका थिए ।
कार्यक्रम शिवभक्ति आचार्यद्वारा संचालित थियो ।