
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यिक पत्रकारद्धय मोहन दुवाललाई प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र वीरबहादुर चन्दलाई प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
चारदशक भन्दा लामोसमयदेखि साहित्यिक पत्रकारितामा क्रियाशिल दुवालले काभ्रेबाट प्रकाशित हुने जनमत साहित्यिक पत्रिकाको प्रधान सम्पादकको भूमिकामा रही ३३० अंक प्रकाशित गरिसकेका छन् ।
यसैगरी तीसको दशकदेखि साहित्यिक पत्रकारितामा क्रियाशिल वीरबहादुर चन्दले कञ्चनपूरबाट प्रकाशित डोटेली भाषाको साहित्यिक मासिक गुगुल्डीको प्रधान सम्पादकको भूमिकामा रही आएका छन् । गुगुल्डीले हालसम्म ३३१ अंक प्रकाशित गरेको छ ।
प्रत्येक पुरस्कारको राशी पचास हजार रुपैयाँ रहेको छ ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्धारा जारी विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।






