
काठमाडौं । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बिहीबार बस्ने भएको छ।
बिहीबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक छ ।
महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा सांगठनिक गतिविधिबारे बैठकमा छलफल हुनेछ ।
आजको बैठकमा केही महत्त्वपूर्ण बिषयमा छलफल हुनेछ ,अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र आगामी योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ,’ उनले भने।




