काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन मिति सारिएको छ ।
बिहीबारको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।
कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार चितवनमा आगामी फागुन ७–९ गतेसम्म महाधिवेशन हुनेछ ।
यसअघि वैशाख २५ गतेबाट महाधिवेशन गर्ने निर्णय भएको थियो । बैठकले असोजसम्म वडा, कात्तिकसम्मा पालिका र मंसिरसम्ममा जिल्ला अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।
माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्ने र फागुनमा महाधिवेशन गर्ने निर्णय भएको झाले बताए ।