![]()
काठमाडौं । नेपाल आयल निगमले बुधबार देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।
निगमका अनुसार भोली बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटाएको हो ।
पेट्रोलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको हो। डिजेल र मट्टीतेलमा पनि लिटरमा तीन रूपैयाँ घटाएको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।





