
काठमाडौं।हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन् ।
खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुने बताइएको छ।
आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी प्रतियोगितामा नेपालले २ जित निकाल्दा १ खेल नतिजाविहीन भएको थियो । कुवेतले २ जित निकाल्दा नेपालसँग पराजित भयो ।
पहिलो खेलमा कतार तथा दोस्रो खेलमा कुवेतलाई हराएको नेपालले शनिबार हङकङसँग खेल्दै गर्दा वर्षाले खेल रोकिएपछि त्यसपछि सुरु हुन सकेन र दुवै टोलीले अंक बाँड्दा नेपालको ३ खेलमा ५ अंक भयो र चार टिममा शीर्षमा रह्यो । हङकङ र कतारलाई हराएको कुवेत ४ अंकसहित दोस्रो हुँदा आयोजक हङकङ भने ३ अंकमै सीमित रहेर फाइनल पुग्न सकेन ।







