
काठमाडौं । जम्वुद्वीप ( भारतवर्ष) का मौर्य सम्राट अशोक महानको जन्मजयन्ति यहि अशोक अष्टमिका( चैत्र अष्टमि ) दिन मनाउने भएको छ ।
उक्त दिन बौद्धशिक्षालाई विश्वमा फैलाउन अद्वितीय योगदान गर्नु हुने सम्राट् अशोकमहानको गुनानुस्मृती गर्दै वहाँ प्रति श्रद्धा र आभारसहित चारुमती विहार ( चा: वही ) मा यहि चैत्र २३ गते भोलि शनिवार बिहान: ७:००- ९:०० बजे कार्यक्रम रहेको बिहारका सद्स्य परमानन्द शाक्यले ई खबर नेत लाई जानकारी गराउनु भयो ।







