
काठमाडौं ।त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियू सभापतिमा नेपाल विद्यार्थी संघ ९नेविसंघ०का गोविन्द कोइराला निर्वाचित भएका छन् । बिहीबार सार्वजनिक गरिएको परिणामअनुसार, कोइराला एकहजार २१५ मत ल्याएर निर्वाचित भएका हुन् ।
अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका सागर न्यौपानेले ६८३ मत प्राप्त गरे । सात संगठनका साझा उमेदवार अनेरास्ववियुका प्रमित विष्टले ४३१ मतमात्र पाए ।
मतदानमा दुईहजार ६७१ विद्यार्थी सहभागी थिए ।




