काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट जोगाउन ‘बहादुरी’ प्रदर्शन गरेका सुरक्षागार्ड दुलप्रसाद पराजुलीले आफूले उक्त दिन डर नमानी लुटेराहरूसँग जुधेको प्रतिक्रिया दिएका छन् ।बुधबार काटेश्वर भाटभटेनीमा आयोजित एक कार्यक्रमकाबीच भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले काटेश्वर भाटभटेनीका सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई पाँच लाख एक हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेका छन् । त्यस्तै उहालाई पाँच ग्रेड बढुवा समेत गरिएको छ ।
आफ्नो अनुभव सुनाइरहेका पराजुलीलाई एक सञ्चारकर्मीले प्रश्न गरे, ‘तपाईंलाई डर लागेन ? उनले जवाफमा भनेका छन्, ‘मलाई डर लागेन ।’ पराजुलीका अनुसार उनले विसं २०५८ सालदेखि भाटभटेनी सुपरमार्केटमा जागिर सुरु गरेका हुन् ।
उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । समारोहमा अन्य कर्मचारीलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
सो क्रममा सुरक्षागार्ड पनि नगदसहित सम्मान गरेको थियो । त्यस्तै भाटभटेनीले चैत्र १५ गतेको प्रदर्शनमा ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।