काठमाडौ। नेपालमै थ्रिडि एनिमेशनको शिक्षा उपलब्ध गराउन थ्रिडि एनिमेटर निप्पन श्रेष्ठले एनिम्सोमेनियाक एनिमेशनस्कूलको स्थापना गरेका छन् ।
नेपाल वियार्थीहरूलाई थ्रिडि एनिमेशनको बारेमा जानकारी सहित अध्ययनका लागि नेपालमा नै पहिलोपटक अनलाइन थ्रिडि एनिमेशनको अध्ययन अध्यापनको शुरुवात गरिएको हो ।
थ्रिडि एनिमेशन शिक्षा विश्वव्यापी रूपमा नै फष्टाउँदै गएको र नेपालमा पनि विशिष्ट किसिमको एनिमेशन शिक्षालाई वृद्धि विकास गर्ने हेतुले संस्थाले पठनपाठन शुरुवात गरेको थ्रिडि एनिमेटर निप्पन श्रेष्ठले बताए ।
उनले उच्च स्तरीय थ्रिडि एनिमेशन शिक्षालाई देशभर नै सहज उपलव्धताका लागि यो विद्यालयको स्थापना गरेको र विश्वव्यापी रूपमा नै थ्रिडि सिनेमामा काम गरिसकेको व्यक्ति आफू स्वयंले नै नेपालमा विश्व स्तरीय शिक्षा र ट्रेनिङ दिने उद्देश्यले विद्यालयको स्थापना गरिएको बताए।
नेपालको परिप्रेक्षमा यसले महत्वपूर्ण रूप लिने भएकाले नेपालमा यस्तो विशिष्ट एनिमेशनको स्कूल स्थापना गरेको श्रेष्ठको भनाई छ ।
नेपालमा थ्रिडि शिक्षाको श्रोत सीमित मात्रामा उपलव्ध रहेको छ । कोरोनाकाल २०१९ मा स्थापना भई यस स्कूलले विशेष कोर्स डिजाईन र विकास गरेको छ । जसले गर्दा परिणाममूखी सिलेबस बनाएर एनिमेशनको सबै पक्षलाई सशक्त माध्यमबाट समेटेर विशेष कोर्स बनाउन सफल भएको छ । जसले गर्दा पहिलो वर्षमा नै कक्षा सञ्चालनमा सफलता प्राप्त गरेको थियो ।
अतः एनिमेशन स्कूलले विद्यार्थीहरूको भर्नामा विशेष ध्यान दिँदैआएको छ । नेपालभरिका प्रतिभावान विद्यार्थीहरूलाई अनलाइन मार्फत गुणस्तरीय एनिमेशन शिक्षाको शुरुवात गरिएको छ ।
हाल क्यानाडामा रहेका निप्पन श्रेष्ठले यस अनलाईन स्कूललाई सफल बनाउँदै अनलाइन मार्फत् यसलाई अगाडि बढ़ाई रहेका छन ।
े