
काठमाडौ ।कम्बोडियाभ्रमणमा रहनु भएका संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रीबद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।मन्त्रीपाण्डेले कम्बोडियाका पर्यटनमन्त्रीहुअटहाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिन सँग मंगलबार भएको भेटकाक्रममा सो सम्भावनाबारे छलफल भएको हो ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमाभएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफलभएको थियो ।भेटवार्ताका क्रममामन्त्रीपाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने,‘कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् । हाम्रो मुलुकहरू दशकोंसम्म युद्ध र संघर्षको अवस्थाबाटगुज्रिएकाछन्, र अहिले हामीशान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघिबढिरहेका छौं ।नेपालकाप्रमुखधार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुर वाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्रीपाण्डेले भन्नुभयो, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समानधार्मिक सहिष्णुता र सद्भाव छ ।’
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमाछलफलभएको छ। नेपाल र कम्बोडियाबीचसिधाहवाई उडानको सुरुवातहुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमाठूलो सुधार गर्न सकिने विषयमादुबै पक्ष सहमतभएकाछन् । यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनिछलफलभएको बताइएको छ ।
मन्त्रीपाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबैभन्दाठूलो विमानस्थलनिर्माणको बारेमा चर्चा गर्दै भन्नुभयो, यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउने बताए। उनले नेपलमापनि भैरहवा र पोखरामानिर्माणभएकाअन्तर्राष्ट्रियविमानस्थलहरुमाउडानभर्ने वायुसेवाकम्पनीहरुलाई विशेष सहुलियतसहितको व्यबस्थापछिती सञ्चालनमाआएको प्रसंग उल्लेख गरे ।
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाददिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणकालागि स्थानउपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीचद्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानकालागि राजदूत र कर्मचारीस्तरीय टोलीगठनको आवश्यकतामा जोड दिएकाछन्।
कम्बोडियाले २०२४ मा ७२ लाखअन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिकालागियुएनटुरिजमको बृहत्तर छाताअन्तर्गत सहकार्यका लागि कम्बोडियाइच्छुक रहेको जनाइएको छ । अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगकालागि नेपालसँगअझनजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धताजनाएको छ । यस भेटघाटले दुवै राष्ट्रकाबीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।





