काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले घटेको छ । सोमबार बजार मापक नेप्से १०.१४ अंकले घटेको हो । बजार घटेसँगै समग्र बजार मापक २,७०४.७० विन्दुमा पुगेको छ ।
आज८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो बजारको अंकसँगै कारोबार रकम घटेको छ ।
अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो ।
राप्ती हाइड्रो, सामुदायिक लघुवित्त, ग्रीन डेभलपमेन्ट, मानुषी लघुवित्त, इस्ट्रन हाइड्रो उच्च कमाउने शीर्ष कम्पनीमा परे ।
बजार घट्दा बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा, व्यापार र अन्य समूह सूचक घटेको छ । म्युचअल फन्ड सूचक स्थिर रहे ।







