
काठमाडौं ।हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ।
बिहीबार देशैभरि बदली हुने पूर्वानुमान छ। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा दिउँसो मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागहरूमा हल्का हिमपातको पनि सम्भावना छ।
राति मधेसबाहेक सबै प्रदेशमा बदली हुने पूर्वानुमा छ। त्यस्तै कोशी र कर्णाली प्रदेशका हिमाली भूभागहरूमा हिमपातको सम्भावना छ।
पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो।
‘प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ।
पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले हिजो बुधबार साँझपख काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा हल्का वर्षा भएको थियो ।







