
धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकताबद्ध भए कांग्रेसले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्।
उनले सुदूरपश्चिम प्रदेशबाटै पार्टीलाई बहुमत ल्याउन काम सुरू गर्न आग्रह पनि गरे।
सोमबार धनगढीमा आयोजित पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनमा बोल्दै सभापति देउवाले भने, ‘एक हुन सकेको खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गर्न सक्दछ। त्यसकारण मतभेद, प्रतिस्पर्धा र आपसी असमझदारीलाई एक पाटोमा राखेर पार्टीलाई एक गर्न आग्रह गर्दछु। सुदूरपश्चिमबाटै बहुमत प्राप्त गर्ने कामको सुरूवात होस्।’
काँग्रेस र एमाले बीच सहमतिको चर्चा गर्दै उनले ओलीपछि प्रधानमन्त्री आफु बन्ने पनि बताए ।



