
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेस बलियो भएमात्रै देश बन्ने धारणा व्यक्त गरेका छन् । कांग्रेसलाई बलियो बनाउन यसका शुभेच्छुक संस्थाहरू बलियो हुनुपर्ने उनको भनाइ छ ।
बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैटौँ केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
गोर्खा भर्ती केन्द्रबारे सभापति देउवाले सरकारसँग छलफल भइरहेकाले समस्या समाधानका लागि कूटनीतिक तवरले कुरा अघि बढाउने प्रतिबद्धता जनाए ।
गोर्खा भूतपूर्व सैनिकको पेन्सन विभेदबारे आफू जानकार रहेको बताउँदै उनले यस विषयमा पनि सम्बन्धित निकायमा कुरा गर्ने आश्वासन दिएका छन् ।






