
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले दोस्रो खेलमा बिहीबार लेवनानसँग खेल्दैछ।
यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ। एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ।
नेपाली खेलाडीहरुमा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ,डिफेन्डरअमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई,मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ,फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल रहेका छन् ।
किर्गिस्तानसँग फिनिसिङमा चुकेको नेपाललाई लेवनानविरूद्ध जित निकाल्न भने धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।


