काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ।
शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो।
बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने तय भएको छ।