
काठमाडौं ।नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्।
अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार अध्यक्ष निर्वाचित भएका हुन्।
भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएको निर्वाचन समितिले घोषणा गरेको छ। भट्टराई ६८८ मतान्तरले विजयी भएका हुन्।
कास्कीका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। भट्टराईलाई निर्विरोध अध्यक्ष नछाड्ने भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए।
माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो।





