
काठमाडौं । संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु हुँदै छ । ।
आजको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यसका साथै विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।
प्रतिपक्षी दलले सरकारले ल्याएको अध्यादेशको बिरोध गर्ने तयारी गरेका छन् । संसद्को अधिवेशन नबोलाएर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षमा रहेका दलले आरोप लगाउँदै आएका छन् ।



