काठमाडौं ।संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन बोलाउन सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले माघ १८ गते शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन मन्त्री अजयकुमार चौरसियाले जानकारी दिए।
यस अघिप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग परामर्श गरेका थिए।