काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज हल्का घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखका अनुसार बुधबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको छ।
मंगलबार न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको थियो।
आज दिनभर काठमाडौंको मौसम सफा रहने र साँझपख आंशिक बदली रहने छ।
आज १७ देखि १९ डिग्री सेल्सियसकाबीच अधिकतम तापक्रम रहने पूर्वानुमान छ।





